काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअव) को प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हुतराज थापा अवकाश भएपछि रिक्त बनेको मुख्य अनुसन्धान निर्देशकको पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय भएको बताइएको छ ।
गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।