Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जेनजीको आन्दोलनमा प्रहरी चौकी जलाउने दुई जना पक्राउ

जेनजीको आन्दोलनमा प्रहरी चौकी जलाउने दुई जना पक्राउ

सोमवार , आश्विन ६, २०८२

ललितपुर । ललितपुर प्रहरीले जेनजीको आन्दोलनका क्रममा प्रहरी चौकी जलाउने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग हनुमानस्थान, कुपण्डोल ललितपुरको तोडफोड एवं आगजनी गर्ने ललितपुर महानगरपालिका वडा नं.२ सानेपा वस्ने २४ वर्षीया सृष्टी तामाङ र वैतडी जिल्ला मलौली नगरपालिका वडा नं. ९ घर भई ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोल वस्ने वर्ष २४ को धिरेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

भदौ २४ गते ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोल स्थित रहेको प्रहरी प्रभाग हनुमानस्थान, कुपण्डोल ललितपुरमा तोडफोड, आगजनी गरी सरकारी सम्पत्ति तथा प्रहरी कर्मचारीहरूको व्यक्तिगत धनमाल (पोशाक एवं अन्य धनमाल) समेतमा क्षति पुर्याउने कार्यमा संलग्नहरूको प्रहरीले खोजतलास गर्न थालेको थियो ।

विभिन्न विशेष सुराकी एवं सामाजिक सञ्जालहरूमा पोष्ट भएका फोटो भिडियो समेतको आधारमा उक्त घटनामा संलग्न मध्येका दुई जना पक्राउ परेका थिए ।

ललितपुर प्रहरीबाट खटिएका प्रहरीले भदौ २९ गते ललितपुर जिल्ला वडा नं.१० कुपण्डोलवाट पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077