Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कारागारबाट भागेका दुई अमेरिकी कैदी महाराजगन्जबाट पक्राउ

कारागारबाट भागेका दुई अमेरिकी कैदी महाराजगन्जबाट पक्राउ

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । कारागारबाट फरार भएका बाल यौन दुराचार तथा जवरजस्ती करणीका अभियुक्त दुई जना अमेरिकन नागरिक पक्राउ परेका छन्।

कास्कीको कारागारबाट भागेका एक जना र केन्द्रीय कारागारबाट भागेका एक जना गरी दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीको आदेशले बाल यौन दुराचारको अभियोगमा कैद भुक्तान गरिरहेका अमेरिकन नागरिक मिचेल नोर्मान टेलर र जिल्ला अदालत काठमाडौंको आदेशले जगन्नाथ देवलमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणीका अभियुक्त अमेरिकन नागरिक जोन्सन लोयड मुडी पक्राउ परेका हुन्।

भदौ २४ गते दुवै कारागारबाट कैदीबन्दी फरार हुँदा उनीहरू पनि बाहिर निस्किएका थिए। त्यसपछि जेल नफर्किएका उनीहरुलाई काठमाडौँको महाराजगन्जमा सीआईबीले सोमबार फेला पारेको हो।

सीआईबीले दुवै जनालाई सम्बन्धित कारागार बुझाउने तयारी गरेको सीआईबीका डीएसपी धर्मराज भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077