Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन्धारा र कास्कीको जेलबाट भागेका २ अमेरिकी नागरिक पक्राउ

सुन्धारा र कास्कीको जेलबाट भागेका २ अमेरिकी नागरिक पक्राउ

सोमवार , आश्विन ६, २०८२

काठमाडौँ । कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की कारागारबाट भागेका बाल यौन दुराचारका अभियुक्त मिचेल नोर्मान टेलर र केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका जबर्जस्ती करणीका अभियुक्त जोन्सन लोयड मुडी रहेका छन्।

जिल्ला अदालत कास्कीको आदेशअनुसार कैद सजाय भोगिरहेका टेलर र जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कैद सजाय काटिरहेका मुडी भदौ २४ गते फरार भएका थिए।

कैदीबन्दीलाई बाहिर निकाल्ने क्रममा उनीहरू समेत निस्किएका थिए र पुनः कारागार नफर्किएका थिए।

सीआईबीको टोलीले सोमबार काठमाडौँको महाराजगन्जबाट दुवैलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अमेरिकी नागरिकलाई सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको सीआईबीले जनाएको छ ।

यसअघि उनीहरूको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077