Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोलबजारमा अपहरणपछि किशोरको हत्या, आँपको रुखमुनी भेटियो शव

गोलबजारमा अपहरणपछि किशोरको हत्या, आँपको रुखमुनी भेटियो शव

मंगलवार , आश्विन ७, २०८२

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहामा अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन् ।

आइतबार राति घर नजिकैबाट बेपत्ता भएका महतो मंगलबार बिहान आफ्नै घरदेखि करिब सय मिटर टाढा रहेको आँपको बगैचामा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार अभिषेकको हातखुट्टा बाँधिएको अवस्थामा शरीरमा एसिड खन्याई हत्या गरिएको थियो । शव आँपको रुखमुनी फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ हिँडेका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर गाउँमा खोजतलास गर्दा पनि पत्ता लागेन।

सोमबार बिहान महतो परिवारको मोबाइलमा इमो मार्फत पाँच करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएपछि परिवारले तत्कालै प्रहरीलाई जानकारी दिएका थिए ।

तर, पीडित परिवारले समयमै जानकारी दिए पनि प्रहरी प्रशासनले उदासीनता देखाएको गुनासो गरेका छन् । घटना गम्भीर भएको भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077