Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरी निरीक्षक विशाल बुढाथोकी महिनाको उत्कृष्ट प्रहरी घोषित

प्रहरी निरीक्षक विशाल बुढाथोकी महिनाको उत्कृष्ट प्रहरी घोषित

मंगलवार , आश्विन ७, २०८२

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भाद्र महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) का रूपमा प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीलाई चयन गरेको छ।

मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी भई प्रशासन शाखा प्रमुख तथा अपरेसन इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका निरीक्षक बुढाथोकीले हालैको जेनजी आन्दोलनका बेला सर्लाही जिल्लामा न्यूनतम बल प्रयोगको सिद्धान्त अपनाउँदै सरकारी, सार्वजनिक र निजी सम्पत्तिलाई क्षति हुन नदिएको भन्दै उनलाई उत्कृष्ट घोषित गरिएको हो।

त्यस्तै उनले भाद्र महिनामा परेका श्रीकृष्णाष्टमी, गणेश चतुर्थी, मोहम्मद डे लगायतका चाडपर्वमा प्रभावकारी प्रहरी परिचालन गरी जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न सफल भएको कार्यालयले जनाएको छ।

प्रहरी कर्मचारीको आचरण र अनुशासनमा सुधार ल्याउनुका साथै जनशक्ति व्यवस्थापन, गुनासो समाधान तथा फरार प्रतिवादी नियन्त्रणमा समेत उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077