Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महाराजगन्जका प्रहरीलाई कुटीकुटी हत्या गरेको आरोपमा प्रदर्शनकारी पक्राउ

महाराजगन्जका प्रहरीलाई कुटीकुटी हत्या गरेको आरोपमा प्रदर्शनकारी पक्राउ

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न रहेको प्रमाणको आधारमा क्यापछाकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको तस्बिर र भिडियो विश्लेषण गरेर संलग्नलाई पहिचान गर्ने कार्य जारी छ । तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएकामाथि पनि अनुसन्धान तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077