Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंबाट लुटिएका प्रहरीका दुई पेस्तोल कैलालीमा भेटिए, चारजना पक्राउ

काठमाडौंबाट लुटिएका प्रहरीका दुई पेस्तोल कैलालीमा भेटिए, चारजना पक्राउ

मंगलवार , आश्विन ७, २०८२

धनगढी । जेनजी आन्दोलनका क्रममा लुटपाटमा परेका दुई थान पेस्तोल र २८ राउन्ड गोलीसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले मंगलबार गौरीगंगा नगरपालिका–६, चौमालाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गौरीगंगा–१ का १९ वर्षीय समीर खड्का, १९ वर्षीय आभाष चन्द, गौरीगंगा–३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार उनीहरूको साथबाट टाईप–५४ र रिभल्भर गरी दुई थान पेस्तोल र २८ राउन्ड गोली बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले जेनजी आन्दोलनकै दौरान काठमाडौंस्थित ट्राफिक महाशाखा बग्गीखानाबाट ती हतियार लुटेको स्वीकारोक्ति दिएका छन् ।

प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077