Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोल्छा ग्रुपद्धारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

गोल्छा ग्रुपद्धारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल ग्रुपका अध्यक्ष शेखर गोल्छाले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरूमा समेत क्षति पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077