Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चाडपर्व लक्षित विशेष योजना : सुदूरपश्चिममा ५ हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व लक्षित विशेष योजना : सुदूरपश्चिममा ५ हजारभन्दा बढी प्रहरी परिचालन

मंगलवार , आश्विन ७, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति सुरक्षा कायम गर्न ५ हजार ७७ प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर फरक रणनीतिका साथ प्रहरी खटाएको हो ।

हालै जेनजी प्रदर्शनका क्रममा कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएकाले यसपालि सुरक्षामा अतिरिक्त चुनौती थपिएको निष्कर्ष प्रहरीको छ । यसै कारण सीमा क्षेत्रमा समेत विशेष निगरानी बढाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार डीआईजी र एसएसपीको कमाण्डमा प्रदेशस्तरमा प्रहरी परिचालन हुनेछ भने प्रत्येक जिल्लामा एसपी र डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी खटाइने छन् ।

कार्यालयका सूचना अधिकारी एसएसपी प्रकाश रानाभाटका अनुसार चाडपर्वमा सवारी चेकजाँच कडाइका साथ हुनेछन् ।

मादक पदार्थ सेवन (मापसे) नियन्त्रण र सडक दुर्घटना न्यूनीकरणमा समेत प्रहरीको विशेष ध्यान रहनेछ । उनले फरार कैदीलाई पक्राउ गर्न सबै जिल्लाका प्रहरीलाई सर्कुलर पठाइसकेको जानकारी पनि दिए ।

यात्रु सहायता र सुरक्षित आवागमनका लागि प्रदेशभर ६५ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ, जसमा २०९ प्रहरी खटिएका छन् । चाडपर्वको भीडभाडमा यात्रु र सर्वसाधारणलाई सहज बनाउन यी कक्ष सक्रिय हुने प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077