Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सशस्त्र प्रहरीको असईमा मागभन्दा थोरै मात्र उत्तीर्ण

सशस्त्र प्रहरीको असईमा मागभन्दा थोरै मात्र उत्तीर्ण

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलको असई भनाको लिखित परीक्षामा मागभन्दा कम मात्र उत्तीर्ण भएका छन् ।

सशस्त्र प्रहरीले ८३ असईको भर्ना खुलाएमा लिखितमा ३८ जना मात्र उत्तीर्ण भएका छन् । खुलासहित सबै कोटामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

बुधबार प्रकाशित लिखित परीक्षाको नजिताअनुसार खुलातर्फ ४५ मा ३८, अमर असक्त प्रहरीका सन्नतीको १ कोटमा ०, महिलातर्फ ७ जनाको कोटामा ३ जना मात्र उत्तीर्ण भएका छन्।

त्यस्तै, आदिवासी जनजातीतर्फ १२ मा ८, मधेसीतर्फ ११ मा ५, मधेसी ५ माग भएकोमा ३ तथा पिछडिएको क्षेत्रमा २ माग भएकोमा १ जना मात्र उत्तीर्ण भएका छन्।

पछिल्लो समय सुरक्षा निकायको जागिरमा सर्वसाधरणको आकर्षण कम छ। सोही कारण पनि थोरै मात्र आवेदन परेको र त्यसमा माग भन्दा कम उत्तीर्ण भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077