Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बाबुराम भट्टराईको राजीनामा स्वीकृत, फागुनमा विशेष महाधिवेशन

बाबुराम भट्टराईको राजीनामा स्वीकृत, फागुनमा विशेष महाधिवेशन

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बौद्धस्थित दीपज्योति बैंक्वेटमा सोमबार बसेको पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले पदत्याग प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृति प्रदान गरेको हो ।

पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार अब पार्टीको महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।

जसअनुसार उपाध्यक्ष दुर्गा सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य–सचिव र कृष्ण शर्मा प्रवक्ता जिम्मेवारीमा रहनेछन्।

केन्द्रीय सदस्य टङ्क धमलाले नेसपा (नयाँ शक्ति) ले आउँदो फागुनसम्म विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको जानकारी दिए ।

यससँगै अब नेसपाको नेतृत्व महाधिवेशनसम्म दुर्गा सोबको अध्यक्षतामा अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077