Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीमा सबै घुमुवा प्रहरी जिम्मेवारीबाट हटाइए, विवादित फर्काउने खेल !

कैलालीमा सबै घुमुवा प्रहरी जिम्मेवारीबाट हटाइए, विवादित फर्काउने खेल !

बुधवार , आश्विन ८, २०८२

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका घुमुवा प्रहरी विवादित बनेपछि सबैलाई जिम्मेवारीबाट हटाइएको छ । प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएका सम्पूर्ण टोलीलाई बुधबारबाट जिम्मेवारीमुक्त गरिएको हो ।

कैलाली प्रहरीका अनुसार भारतमा भएको पैँसा चोरी प्रकरणमा चन्दको नाम जोडिएपछि जिम्मेवारी परिवर्तन गरिएको छ । प्रत्यक्ष संलग्न नभए पनि नाम जोडिएकाले टोलीलाई हटाइएको हो ।

तर प्रहरी स्रोतले भने चन्दमाथि बनेको आरोप योजनाबद्ध भएको दाबी गरेको छ । केही प्रहरी अधिकारीहरूले लामो समयदेखि सादा पोसाक इन्चार्ज बन्न दबाब दिइरहेको र चन्दलाई हटाउने षड्यन्त्र बनेको आरोप छ ।

धनगढी वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कार्यरत केही कर्मचारीले मिलेर योजना बनाई चन्दलाई फसाउने प्रयास गरेको आरोप छ।

अघिल्ला समयमा सादा पोसाक टोलीको नेतृत्व गरिसकेका र विवादास्पद छविका प्रहरीहरू नै फेरि जिम्मेवारीमा फर्किने खेल भइरहेको प्रहरी वृत्तमा चर्चा छ ।

हालै मात्र करागार घटनापछि कैलालीका एसपी बाल नरसिंह राणा हेडक्वाटर तानिएका थिए भने नयाँ एसपी नरेन्द्र चन्दलाई पठाइएको थियो । नेतृत्व फेरिने प्रत्येक अवसरमा ‘घुमुवा प्रहरी’ बन्न आन्तरिक रस्साकस्सी हुने प्रचलन रहेको प्रहरी स्रोतको भनाइ छ।

कैलालीमा खटाइने सादा पोसाक प्रहरी व्यक्तिगत आचरणका कारण पटक–पटक विवादमा आउने गरेकाले यसपटक जिम्मेवारी बाँडफाँड कसरी हुन्छ भन्ने प्रश्न चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077