Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्द्रागिरिमा ६८ वर्षीया वृद्धाको हत्या, आमा-छोरा पक्राउ

चन्द्रागिरिमा ६८ वर्षीया वृद्धाको हत्या, आमा-छोरा पक्राउ

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । चन्द्रागिरि नगरपालिका-६ चेकपोष्ट महादेवस्थानमा ६८ वर्षीया हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोहि ठाउका ३२ वर्षीय सरोज थापा उनकी आमा गंगा थापा रहेका छन् ।

चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ । पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो ।

दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । मृत वृद्धाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

दुई जना अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077