Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पर्सामा गोली प्रहार, १६ वर्षीय किशोर घाइते

पर्सामा गोली प्रहार, १६ वर्षीय किशोर घाइते

बिहिवार , आश्विन ९, २०८२

वीरगन्ज । पर्सामा दुई समूहबीचको झगडाका क्रममा गोली प्रहार हुँदा एक किशोर घाइते भएका छन् ।

घाइते हुनेमा छिपहरमाई गाउँपालिका–३ झलमहियाका १६ वर्षीय गोलु आलम रहेका छन् ।

उनको तिघ्रामा गोली लागेर घाइते भएको र हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ छिपहरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच विवाद हुँदा गोली चलाइएको थियो । सो क्रममा आलमलाई गोली लागेको हो ।

हालसम्म कसले र किन गोली चलाएको भन्ने खुल्न सकेको छैन । घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077