Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वएआईजी लोहनीले भने - काठमाडौंमा भ्रष्ट र नालायक सिडिओ आएछन्, फसाउलान है !

पूर्वएआईजी लोहनीले भने - काठमाडौंमा भ्रष्ट र नालायक सिडिओ आएछन्, फसाउलान है !

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सरुवा भएका सहसचिव ईश्वरराज पौडेललाई नालायक र भ्रष्ट मानसिकताको संज्ञा दिएका छन् ।

बुधबार मात्र पौडेललाई काठमाडौंको सिडिओ बनाइएको थियो । तर, सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पूर्वएआईजी लोहनीले पौडेललाई नालायक, भ्रष्ट र अपराधी प्रवृत्तिको व्यक्तिका रूपमा चित्रण गर्दै काठमाडौं प्रहरीलाई सचेत गराएका हुन् ।

'काठमाडौंमा कार्यरत प्रहरी साथीहरू, मैले जानेबुझे अनुसारकै सबैभन्दा नालायक, भ्रष्ट, निकृष्ट र अपराधी मनोवृत्तिको व्यक्तिलाई तपाईंहरूको सिडिओ बनाइएका छन् । यस्तो अनुभवहीन मान्छेबाट सजग रहनुहोस्, यसका भरमा नपर्नुहोस्,' लोहनीले लेखेका छन् ।

लोहनी र पौडेलको यो विवाद पुरानै हो । ३३ किलो सुन प्रकरणको छानबिन समितिको नेतृत्व सहसचिव पौडेलले गरेका थिए । सो समितिले लोहनीसहितका प्रहरी अधिकारीहरुलाई दोषी ठहर गर्दै अदालतमा मुद्धा चलायो, जसको परिणामस्वरूप लोहनीसहितका प्रहरी अधिकारी जेल चलान भए ।

तर पौडेलको समितिले सुन काण्डका असली मालिक पत्ता लगाउन नसकेका कारण तथा अनुसन्धानका क्रममा निर्दोष देखिएपछि लोहनीसहितका प्रहरी अधिकारीलाई सर्वोच्च अदालतले निर्दोष ठहर गर्दै सफाई दियो । उनीहरु पुनः जागिरमा फर्किए । त्यसयता लोहनी र पौडेलबीच तनाब जारी रहँदै आएको छ ।

सहसचिव पौडेल माओवादी केन्द्र र नेकपा एमाले निकट रहेको आरोप पनि लाग्ने गरेको छ । नेकपाको सरकार भएको बेला पौडेल अध्यागमन विभागको डिजीबाट कोलकत्ताको महावाणिज्यदूत भएर गएका थिए । उनै पौडेललाई हालका गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंको सिडिओ बनाएर पुरस्कृत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077