Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रेड नोटिस जारी भएकी एक महिला यूएईबाट पक्राउ 

रेड नोटिस जारी भएकी एक महिला यूएईबाट पक्राउ 

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ परेकी छन् ।

प्रहरीले पक्राउ गरी बिहीबार नेपाल ल्याएको हो । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी छन् ।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि उनी फरार थिइन्।

दाहाललाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते रेड नोटिस जारी भएको थियो।

पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077