Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६ हजार ४९४ कैदीबन्दी अझै आएनन् सम्पर्कमा 

६ हजार ४९४ कैदीबन्दी अझै आएनन् सम्पर्कमा 

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । जेनजीको आन्दोलनपछि विभिन्न कारागारबाट भागेका ६ हजार ४९४ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।

देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको हो। उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् ।

फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए।

योबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077