काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीको कार्यसम्पादन मूल्याङकनसम्बन्धि फाइल गृह मन्त्रालयमा जलेको छ।
गत २४ भदौको आन्दोलनमा प्रहरीको फाइल पनि जलेको हो । उच्च अधिकारीको कार्यसम्पादन मूल्याङकन गृहसचिवबाट हुने प्रावधान छ ।
तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीले अस्वभाविक रुपमा कासमु फाइल रोकेर राखेका थिए। जसले भेटेर चाकडी गर्छ उसको मात्र फाइल सदर हुने गरेको थियो ।
फाइल जलेपछि प्रहरी प्रधान कार्यालयले नयाँ कासमु प्रक्रिया अघि बढाएको छ। अब नयाँ आईजीपी र नयाँ गृहसचिवले कार्यसम्पादन मूल्याङकनको नम्बर दिने भएका छन्।
प्रहरीमा हाल बढुवाको समय भएकाले कासमु महत्तपूर्ण छ। प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त छन्। तर, अन्तरिम सरकारले दशैं तिहारपछि मात्र एआइजीको बढुवा गर्ने सम्भावना छ।
एआइजीभन्दा यसपटक डिआइजी बढुवामा मारामार हुने अवस्था छ। हालका आईजीपीले अवकाश पाएपछि मंसिरमा मात्र एआइजी र डिआइजीको बढुवा हुने सम्भावना छ। उच्च तहको बढुवा गृहमन्त्री ओमप्रकाश अर्यालको पनि अग्निपरीक्षा हुनेछ।