Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने प्रचण्डको घोषणा

नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने प्रचण्डको घोषणा

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने घोषणा गरेका छन् ।

र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

उनले भने- 'अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ । संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ ।'

उनले नेताको खानपान, लवाइ-खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव दिन समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077