Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पूर्वप्रधानसेनापतिहरू र पृतनापतिहरूसँग प्रधानसेनापति सिग्देलले गरे छलफल

पूर्वप्रधानसेनापतिहरू र पृतनापतिहरूसँग प्रधानसेनापति सिग्देलले गरे छलफल

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन्।
पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग सिग्देलले छलफल गरेका हुन्।

जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्देलले पूर्वप्रमुखहरूसँग राय लिएका छन्।

बिहीबार प्रधानसेनापति सिग्देलले नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूसँग छलफल गरेका थिए । त्यस्तै पृतनापतिहरूसँग पनि भर्चुअल रुपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ ।

उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077