Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले आइतबारभित्रै शिक्षकहरूलाई तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् । दसैँतिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन उनले निर्देशन दिए ।

शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन्।

उनले भनेका छन्, 'तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077