Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पर्सामा आलमलाई गोली प्रहार गर्ने व्यक्ति ३६ घण्टासम्म पनि पक्राउ परेनन्

पर्सामा आलमलाई गोली प्रहार गर्ने व्यक्ति ३६ घण्टासम्म पनि पक्राउ परेनन्

शनिवार , आश्विन ११, २०८२

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार राति भएको गोली प्रहार घटनापछि ३६ घण्टाभन्दा बढी समय बितिसक्दा पनि आक्रमणकारी पक्राउ परेका छैनन्।

गाउँपालिका कार्यालय अगाडि राति साढे ७ बजे स्थानीय १७ वर्षीय गोलु आलमलाई लक्षित गरी गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका आलमलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीप राज पाठकले जानकारी दिए।

घटनापछि प्रहरीको टोलीले अनुसन्धान थालेको भए पनि आक्रमणमा संलग्न व्यक्तिहरू भने अझैसम्म फरार छन्। प्रहरीले घटनाको प्रकृति र कारणबारे खोजी भइरहेको जनाएको छ।

स्थानीयवासीले सार्वजनिक स्थानमै गोली चलाइएपछि गाउँमा त्रास फैलिएको बताउँदै छिटोभन्दा छिटो दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077