Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ओलीले सुनाए भाग्दाको क्षण- पाँच मिनेटले मात्रै जोगिए, ढिला भएको भए मार्ने नै थिए

ओलीले सुनाए भाग्दाको क्षण- पाँच मिनेटले मात्रै जोगिए, ढिला भएको भए मार्ने नै थिए

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको क्रममा २४ गते आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन् ।

हाल भक्तपुरको गुन्डुमा डेरा लिई बसेका एमाले अध्यक्ष ओलीले आफूलाई भेट्न आएका पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको टोलीलाई त्यस दिन सरकारी निवास बालुवाटारबाट भाग्दाको क्षण सुनाएका हुन्।

महासंघको टोलीलाई ओलीले आफूलाई मार्ने नै कांग्रेस सभापति शेरबहादुर देउवालाई चाहिँ घाइते मात्र बनाउने योजना रहेको सुनाए ।

उनले भने- 'जीवनमा मारिने परिस्थिति कति आए, कति । यसपल्ट पनि पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिं मार्ने खालकै योजना रहेछ । र, मार्न खोजेका हुन् तर पाएनन् । अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो तर हामी केही पनि गर्न सक्दैनौं भनेर अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो भनौं न। नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ ।'

उनले थपे- 'कमजोर मनोबल भएर हामी केही गर्न सक्दैनौं । षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेस खानु हुँदैन । एकजुट भएर अगाडि बढ्नुपर्छ। देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरु यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौं हामीले । एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रो चाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्वहरु, अपराधि तत्वहरु विभिन्न ठाउ-ठाउँमा पनि पुग्या रहेछन् ।'

जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले सरकारी तथा नेताका घर तोडफोड र आगजनी गरेका थिए केहि प्रदर्शनकारीले देउवा निवासमै पसेर देउवा दम्पतीमाथि कुटिपट समेत गरेका थिए । गरे भने भक्तपुरस्थित ओलीको निवास पनि जलाए।

ओलीको निवास पनि जलाउन थालेपछि ओलीलगायतका शीर्ष नेताहरूलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी शिवपुरी राखिएको थियो।

भदौ २४ देखि सेनाको ब्यारेकबाट असोज २ गते मात्रै ओली गुन्डुस्थित डेरामा सरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077