Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राजनीतिक संकटमा दलहरु एकतावद्ध हुनुपर्छ : शंकर पोखरेल

राजनीतिक संकटमा दलहरु एकतावद्ध हुनुपर्छ : शंकर पोखरेल

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकट समाधानका लागि राजनीतिक दलबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

‘इतिहासको शिक्षा’ शीर्षकमा लेखेको स्टाटसमा उनले विगतका दुई निर्णायक क्षण—२०५९ असोज १८ र २०६१ माघ १९—स्मरण गर्दै दलहरुको एकताले नै संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताएका छन्।

उनका अनुसार प्रारम्भिक चरणमा दलहरु विभाजित र अन्यौलमा रहे पनि पछि स्पष्ट एजेण्डासहित एकताबद्ध हुँदा मुलुक पुनः राजनीतिक लयमा फर्कियो र जनताले सार्वभौम शक्ति प्राप्त गरे।

महासचिव पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेण्डामा आधारित हुनुपर्नेमा जोड दिँदै अहिलेको संकट मोचनका लागि दलहरुलाई सहमति र सहकार्यको बाटो अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077