काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी एसएसपी होबिन्द्र बोगटीलाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दै ललितपुर प्रहरीको जिम्मेवारी बोगटीलाई दिएको हो । एसएसपी बोगटी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत थिए ।
ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ ।
यसैगरी कर्णाली प्रदेश प्रहरीका एसएसपी शिवकुमार श्रेष्ठलाई सिआइबीमा ल्याइएको छ । साथै हेडक्वाटरले तीनजना डीएसपीको पनि काज सरुवा गरेको छ ।
पुष्पराज मल्ल र सत्यनारायण थापालाई सिआइबीमा ल्याउँदा गणेश बमलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।