Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मैले कुनै गल्ती गरेको छैन, यो सरकार तोडफोड र आगजनीबाट बनेको हो : ओली

मैले कुनै गल्ती गरेको छैन, यो सरकार तोडफोड र आगजनीबाट बनेको हो : ओली

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा सत्याच्यूत गराउने आन्दोलनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि सरकारलाई कडा चेतावनी दिएका छन् ।

आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले सरकारलाई चेतावनी दिएका हुन् ।

आम अपेक्षा विपरीत उनले जेनजी आन्दोलनका मागलाई आफ्नो मागका रूपमा सम्बोधन गरेनन् । बरु उनले आफूले प्रधानमन्त्री हुँदा गरेका काम सबै रेकर्डेड रहेको उल्लेख गर्दै ती विषय आवश्यक परे सार्वजनिक गर्ने चेतावनी दिए।

ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नभई तोडफोडबाट आएको दाबी गर्दै, 'मैले गरेका कामको विषय बाहिर ल्याउने हो भने तयार छु,' भन्दै सरकारलाई चुनौतीसमेत दिए।

साथै उनले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन सुझाव दिएका छन् ।

उनले भने, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो। यो सरकारलाई भन्छु- मेरा कुराहरू हिम्मतका साथ प्रकाशित गरोस्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस् ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077