Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारलाई राप्रपाको जेन–वाई समूहको चेतावनी - फेरि देशले थप क्षति बेहोर्न नपरोस्

सरकारलाई राप्रपाको जेन–वाई समूहको चेतावनी - फेरि देशले थप क्षति बेहोर्न नपरोस्

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । राप्रपाको जेन-वाई समूहले माइतीघरमा जेनजी आन्दोलनका ७५ जना सहिदको सम्झनामा १५ मिनेट मौनधारण गर्दै सहिदका माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिएको छ ।

शनिबार माइतीघरमा आयोजित कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्कीसहित ४० वर्षमुनिका ७५ जना सहभागी भएका थिए ।

राप्रपाको जेन वाई समूहले चेतावनी दिँदै सहिदका माग पूरा नभए फेरि देशले थप क्षति बेहोर्नु पर्ने बताएका छन् । समूहले सरकारलाई लक्षित गर्दै विभिन्न प्रश्नहरू सोधेको छ ।

'हत्यारा र भ्रष्टाचारीमाथि कारबाही कहाँ छ ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कहाँ छ ? संविधान पुनर्लेखन कहाँ पुग्यो ? प्रदेश खारेजी किन भएन ? र राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना कहाँ भयो ?,' भन्दै प्रश्न सोधिएका छन् ।

जेन-वाईले आफ्नो माग ९० प्रतिशत जेनजी आन्दोलनसँग मिल्दोजुल्दो रहेको स्पष्ट पार्दै, भ्रष्टाचारलाई 'आमाको रगत खानु सरह' अभिव्यक्त गर्दै सरकारप्रति तीव्र असन्तोष व्यक्त गरेको छ।

समूहले नयाँ राजनीतिक सहमति आवश्यक रहेको र सहिदको बलिदान व्यर्थ हुन नदिन माग पूरा गर्न सरकारलाई पुनः सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077