Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राजनीतिमा निरपेक्ष विश्वास होइन, शंकासहितको विश्वास जरुरी : बाबुराम भट्टराई

राजनीतिमा निरपेक्ष विश्वास होइन, शंकासहितको विश्वास जरुरी : बाबुराम भट्टराई

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो राजनीतिक जीवनको अनुभव सुनाउँदै वर्तमान जेनजी आन्दोलन र अन्तरिम सरकारका लागि सन्देश दिएको छन् ।

भट्टराईले स्मरण गरेअनुसार, २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधनपछि मुलुकभर आक्रोश फैलिएको थियो ।

सोही घटनापछि भएको आन्दोलनको क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र आफू (भट्टराई) आन्दोलनकारी पक्षबाट सरकारसँग वार्तामा सहभागी भएका थिए। सरकारको तर्फबाट कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) आएका थिए।

लामो रस्साकस्सीपछि धेरै विषयमा सहमति भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामाको विषय निकै टड्कारो रह्यो। अन्ततः किसुनजीले “भदौ ३० गतेसम्म राजीनामा हुन्छ, मेरो वचन” भनेपछि आन्दोलनकारी पक्षले सहमति जनाएको भट्टराईले बताए ।

तर तोकिएको मितिमा प्रधानमन्त्रीले राजीनामा नगरेको र किसुनजीले आफूले त्यस्तो आश्वासन नै नदिएको दाबी गरेको उल्लेख गर्दै भट्टराईले भने, 'सबै फासफूस भयो। राजनीतिमा वचनभन्दा पनि लिखत जरुरी रहेछ। राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास होइन, शंकासहितको विश्वास गर्नुपर्छ।'

भट्टराईले यो घटनाबाट सिकाइ जेनजी अभियानका अगुवाहरूलाई समेत भएको बताए। 'अहिले नयाँ इतिहास बनाइरहेका जेनजी अभियन्ताहरूले पनि यो पाठ सम्झनुपर्छ,' उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077