Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका हुन् ।

बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुनेछ ।

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077