Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वराजाले दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने, भने - अब नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्

पूर्वराजाले दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने, भने - अब नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

हालैको जेन–जी आन्दोलनका क्रममा सहिद भएका घटनाले मुलुक शोकमग्न रहेको र संवेदनशील वातावरण भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले घोषणा गरेका हुन् ।

दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, 'सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। जे भयो भयो, अब नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।'

शाहले यसपालि परिवारिक र सांस्कृतिक रूपमा मात्रै पर्व मनाइने र विगतमा झैं वृहत्तरुपमा टीका–जमरा वितरण कार्यक्रम नगरिने जानकारी दिएका छन्। 'राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। यसैले आम शुभेच्छुक नागरिकलाई यसपालि टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौं,' उनको सन्देशमा भनिएको छ।

नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको उल्लेख गर्दै उनले विजयादशमीलाई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र गौरवशाली संस्कृतिको प्रतीकको रूपमा व्याख्या गरेका छन्।

'हाम्रा पूर्वजहरूले दिएको त्याग र बलिदानकै आधारमा नेपाल स्वतन्त्र राष्ट्रका रूपमा उभिएको हो। कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी, आफ्नै बाटो आफैं तय गर्ने सामर्थ्य हामीसँग छ,' उनले भने ।

शुभकामना सन्देशमा शाहले बिगार्ने होइन, सपार्ने तिर लाग्नुपर्नेमा जोड दिएका छन्। 'बिगार्ने, भत्काउने, जलाउने तिर हाम्रो राजकाज धेरै खटिपरेको छ। अब भने सपार्ने, निर्माण गर्ने कार्यक्रम अघि बढाउनुपर्छ,' उनले उल्लेख गरेका छन्।

null

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077