Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१२ केजी गाँजासहित दुई महिला पक्राउ

१२ केजी गाँजासहित दुई महिला पक्राउ

आइतवार , आश्विन १२, २०८२

उदयपुर । उदयपुरगढी गाउँपालिका-७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम रहेका छन् ।

प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077