काठमाडौं । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ ।
चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले चाडपर्वमा मनोरञ्जनको पर्याय मादक पदार्थ भन्ने गलत प्रवृत्ति समाजमा विकाश हुँदै गएको बताए ।
उनले भने- मनोरञ्जनको पर्याय मापसे भन्ने गलत प्रवृत्तिले होनहार व्यक्तिहरूले ज्यान गुमाएका छन् ।'
दसैँ, तिहार लगायतका चाडपर्वमा मादक पदार्थ सेवनलाई मनोरञ्जनको पर्याय मानेर सवारीसाधन चलाउँदा दुर्घटनाको दर बढेको कार्कीले बताए ।
उनले भने- 'मूल संस्कृतिबाट विचलित भएर मादक पदार्थ सेवन गरेर जथाभाबी सवारी चलाउनु हुँदैन ।ओभरलोड बोकेर तथा ओभरस्पिड हाँकेर चाडपर्वमा दुर्घटना ननिम्त्याउँ । सुरक्षित यात्रा गरौँ, घर घरबाट सुरक्षा सचेतना अपनाऔँ ।’
-1759028659.jpg)
-1759028655.jpg)
चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मुलक ‘प्ला कार्ड’ सहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको र्याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
-1759028656.jpg)