ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा ताप्लेजुङमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङलिङ नगरपालिका-७ दोखु घर भएका पालुङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फुङलिङ-६ आलुचौकमा साथीको घरमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तत्कालका लागि ताप्लेजुङ कारागारमा राखिएको र पछि स्थानान्तरण गरिने बताइएको छ।
प्रहरी कार्यालयका अनुसार आयुषमाथि जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । उनले ५ वर्ष भुक्तान गरिसकेका छन् ।