Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

खनाल करिब २५ वर्षदेखि पत्रकारितामा संलग्न व्यक्तित्व हुन्। उनी ‘उकालो अभियान’ का पूर्वनिर्देशक, युकालोडटकमका पूर्वसम्पादक तथा अंग्रेजी दैनिक द हिमालयन टाइम्सका सम्पादकसमेत भइसकेका छन्।

यसअघि उनले कान्तिपुर दैनिकमा पनि लामो समय काम गरेका थिए।

यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्।

तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन्। विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको थियो। उनले विभिन्न राजनीतिक र सामाजिक अभियानहरूमा उज्ज्वल थापासँग सहकार्य पनि गरेका थिए।

भदौ २३ र२४ को जेनजी आन्दोलनको उग्र रुपले ओलि सरकार ढलेपछि पुर्व प्रधानन्याधिस सुशीला कार्कीलार्ई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

हाल आठ मन्त्रीसहित अन्तरिम सरकार सञ्चालन गरिरहेकी प्रधानमन्त्री कार्की टिम विस्तारमा जुटेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077