काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली गठन गरेका छन्।
समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू छन्। उक्त टोलीमा जेनजी शहीदको परिवार र घाइते गरी अन्य ३ जना सदस्य रहने बताइएको छ।
वार्ता टोलीका सदस्य प्रवेश दाहालले अहिले जेनजीहरु एकजुट भइसकेको बताएका छन् ।
पत्रकार सम्मेलनमा गर्दै दाहालले भने- 'हामी जेनजी एक छौँ एक हुनेछौँ,’ हामीले पुरुषोत्तम यादव, सुदन गुरुङसँग पनि कुरा गर्यौँ। सुदन गुरुङले तपाईँहरुले गर्नु भनेपछि हामी अघि बढिसकेका छौँ।'
यसअघि प्रतिनिधि भनेर दाबी गरिएका केही नामबारे समूहभित्र विवाद भएको थियो ।