Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

सोमवार , आश्विन १३, २०८२

झापा । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् ।

आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले बताए ।

प्रहरीहरूलाई कोसी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरू समेत लुटिएको थियो ।

लुटिएका हतियार लगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरू सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077