Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फरार कैदीबन्दीलाई नख्खु कारागारले भन्यो - फर्किएर आउनुस्

फरार कैदीबन्दीलाई नख्खु कारागारले भन्यो - फर्किएर आउनुस्

सोमवार , आश्विन १३, २०८२

ललितपुर । ललितपुरस्थित नक्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो ।

कारागार प्रमुख सत्यराज जोशीका अनुसार, विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् ।

फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उनले बताए । 'करिब ६५१ जना अझै फरार छन् । यसअघि, भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो ।

पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ,' जोशीले भने ।

विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077