Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा आएको परिवर्तन, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् ।

शुक्रबारदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आयोजित मनसुन सम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताए ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै भएको भर्चुअल संवादमा मन्त्री अर्यालका साथै गृह सचिव रामेश्वर दंगाल, गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यको सहभागिता थियो ।

गृहमन्त्री अर्यालले सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रभावकारी सञ्चारमा पनि जोड दिए ।

गृह सचिव दंगालले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्लामा जिल्ला सुरक्षा समितिरविपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको नेतृत्व गर्दै एकद्वार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्य गर्नुपर्ने कुरामा जोड दिए ।

केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमान्ड पोष्टहरूलाई सक्रिय बनाई सम्भावित विपद् व्यवस्थापन गर्न गृहसचिव दंगालले निर्देशन दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077