Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हामी नेपाल र जेनजीलाई पूर्ण रूपमा अलग बनाउँछौँ : सुदन गुरुङ

हामी नेपाल र जेनजीलाई पूर्ण रूपमा अलग बनाउँछौँ : सुदन गुरुङ

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । सामाजिक अभियन्ता सुदन गुरुङले ‘हामी नेपाल’ र ‘जेनजी’लाई पूर्ण रूपमा अलग बनाउने घोषणा गरेका छन् ।

बिहीबार फेसबुकमार्फत जारी गरेको भिडियो वक्तव्यमा उनले अब ‘हामी नेपाल’ले केवल सामाजिक कार्यमा मात्रै ध्यान दिने र जेन–जी आन्दोलनसँग स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्ट पारेका हुन् ।

गुरुङले आफ्नो वक्तव्यमा भने, 'अबदेखि हाम्रो सोचाइ के हो भने, जेन–जी र हामी नेपाललाई पूर्ण रूपमा फरक बनाउने हो। हामी नेपाल कुनै संस्था होइन, तर यसले बेलाबेलामा राम्रा कामहरू गरेको छ।'

उनका अनुसार समाजमा विद्यमान बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध ‘हामी नेपाल’ले सुरुदेखिनै आवाज उठाउँदै आएको छ। आगामी दिनमा भने यसलाई शुद्ध सामाजिक अभियन्ता समूहका रूपमा मात्र अघि बढाउने उनको धारणा छ।

यससँगै गुरुङले बारबरा फाउन्डेसनबाट प्राप्त फन्डिङबारे उठेका प्रश्नमा पनि प्रतिक्रिया दिने घोषणा गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077