Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शिक्षकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

शिक्षकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

शुक्रवार , आश्विन १७, २०८२

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ। सिलिचोङ-४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको हो ।

मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि मादकपदार्थ सेवन गरेका उनकै फूपुका छोरा सुरेन्द्र राई र एक नाबालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।

गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान विराटनगरस्थित न्यूरो अस्पताल लगिएको बताइएको छ । ​

घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो।

खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077