Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईजीपी खापुङले लगाइदिए प्रहरी कर्मचारीलाई दसैंको टीका

आईजीपी खापुङले लगाइदिए प्रहरी कर्मचारीलाई दसैंको टीका

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बडादसैं २०८२ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारी, पूर्व प्रहरी तथा उनहरूका परिवारजनलाई टीका तथा जमरा लगाइदिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा आयोजित विशेष कार्यक्रममा उनले उपस्थित सबैलाई सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना प्रदान गरे।

टीका ग्रहण कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म चलेको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक खापुङले टीका लगाइदिएका थिए भने उनकी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङले उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पूर्व प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी अधिकृत एवं जवानहरू सपरिवार सहभागी भएका थिए।

कार्यक्रममा उपस्थित सबैले एकआपसमा विजया दशमीको शुभकामना आदानप्रदान गर्दै खुसियाली साटासाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077