Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भक्तपुरबाट लाङटाङ घुम्न गएका चारजना बगे, २२ जनाको उद्धार टोली घटनास्थलमा

भक्तपुरबाट लाङटाङ घुम्न गएका चारजना बगे, २२ जनाको उद्धार टोली घटनास्थलमा

शनिवार , आश्विन १८, २०८२

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, बेरिङ खोल्सामा शनिबार बेलुकी आएको बाढीले भक्तपुरका चारजना युवायुवतीलाई बगाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भक्तपुरबाट १६ जनाको समूह लाङटाङ भ्रमणका लागि गएको टोली आज साँझ करिब ६ बजे बाढीमा परेका हुन्।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ ९२५०, किशन श्रेष्ठ ९२५०, संगीता श्रेष्ठ ९२५० र भक्तपुर नगरपालिका–१० बस्ने रवि श्रेष्ठ ९२३० रहेका छन्।

उनीहरू असोज १७ गते शुक्रबार राति ब्याम्बोस्थित होटलमा बसिरहेका थिए र आज लाङटाङतर्फ जाँदै गर्दा बाटोमा आएको बेरिङ खोल्साको बाढीले बगाएको प्रहरीको भनाइ छ।

घटनाबारे जानकारी टोलीका सदस्य रोज कर्माचार्यले प्रहरीलाई गराएपछि तत्कालै उद्धार कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

हाल २२ जनाको संयुक्त उद्धार टोली घटनास्थलतर्फ खटिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077