Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हुम्लामा भीषण भेलबाढी : विद्यालय बग्यो, घरगोठ पुरिए

हुम्लामा भीषण भेलबाढी : विद्यालय बग्यो, घरगोठ पुरिए

बुधवार , जेठ ६, २०८३

हुम्ला । चंखेली गाउँपालिका–५ मा मंगलबार राति परेको भीषण असिनापानीपछि आएको लेदोसहितको भेलबाढीले विद्यालय, घरगोठ तथा पशुचौपायामा ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीयका अनुसार गाउँमाथिको भिरालो क्षेत्रबाट अचानक आएको भेलबाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ। केही घरगोठ पुरिएका छन् भने भेडाबाख्रा समेत पहिरोमा पुरिएको प्रारम्भिक जानकारी आएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङले आफू गाउँपालिकाको केन्द्रमा रहेका बेला राति स्थानीयबाट फोनमार्फत घटनाबारे जानकारी पाएको बताए।

उनले भने, “गाउँमा ठूलो असिना पानी परेपछि माथिल्लो भेगबाट लेदो मिसिएको बाढी आएको रहेछ। अहिले मानवीय क्षतिको पुष्टि भएको छैन, तर घरगोठ र पशुचौपायामा क्षति पुगेको खबर आएको छ।”

उनका अनुसार घटनास्थल अत्यन्त दुर्गम भएकाले वास्तविक क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको छ। गाउँपालिकाको केन्द्रबाट प्रभावित बस्ती पुग्न करिब एक दिन लाग्ने बताइएको छ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बिहानै सुरक्षाकर्मी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।

स्थानीय प्रशासनले जोखिम अझै कायम रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077