Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

धादिङको बाँदरेमा पहिरो, सवारी साधन मुग्लिनमै होल्ड

धादिङको बाँदरेमा पहिरो, सवारी साधन मुग्लिनमै होल्ड

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन हुँदै काठमाडौं जाने सबै सवारीलाई मुग्लिनमै होल्ड गरिएको छ।

जिल्ला प्रकरी कार्यालय चितवनका अनुसार चितवन, पोखरा, तथा अन्य क्षेत्र हुँदै मुग्लिन आएका सबै सवारीलाई मुग्लिनमै होल्ड गरिएको हो।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बाँदरेमा पहिरो खस्दा सडक दुईतर्फ नै अवरुद्ध छ। पहिरो क्षेत्रमा सवारी चाप हुन नदिन मुग्लिनमै सवारी होल्ड गरिएको प्रहरीले जनाएको छ। अर्को सुचना नआउदासम्म सोही स्थानमा बस्न पनि अनुरोध गरिएको छ ।

सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।

जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसके पनि बाढि पहिरोको जोखिम अझै टरेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077