काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । शर्मालाई उपत्यका प्रहरी कार्यालय र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा थिए ।
उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका थिए ।
पक्राउ परेका ३६ वर्षीया शर्मा दाङ तुलसीपुर १६ स्थायीवासी हुन् । उनी एमालेनिकट विद्यार्थी संगठनका नेता हुन् ।