Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय निरन्जनकुमार खरेललाई पक्राउ गरेको हो ।

उनलाई गोप्य सूचनाको आधारमा गत शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका खरेललाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको छ ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार, खरेलले ठगी कसुरमा संकलन भएको नगद तथा चेक जम्मा गर्ने, ओसारपसार गर्ने र पीडितहरूबाट असुल गरिएको रकम लिने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077