Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन अदालतको आदेश

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूविरुद्ध दायर मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ ।

अदालतले अन्तिम सुनुवाइको तयारीस्वरूप प्रमाण मिसिल झिकाउन आदेश दिएसँगै यो मुद्दा निर्णायक चरणतर्फ अघि बढेको छ ।

मंगलबार न्यायाधीश खिमानन्द भुसालको इजलासले प्रमाण संकलनका लागि मिसिल झिकाउने आदेश दिएको हो।

अभियोजन पक्षका अनुसार संगठित गिरोह बनाएर नेपाली नागरिकलाई नक्कली रूपमा भुटानी शरणार्थी बनाइ विदेश पठाउने प्रयास गरिएको थियो। यही दाबीको पुष्टि तथा खण्डनका लागि अदालतले प्रमाणहरू झिकाउने निर्णय गरेको जनाएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा लगायत उच्च पदाधिकारीहरू मुछिएका छन्।

त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बिचौलियाको आरोप लागेका केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मासहित कुल ३० जनाविरुद्ध मुद्दा चलिरहेको छ।

उनीहरूमाथि किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी गम्भीर आरोप लगाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077