Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सडक दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का सशस्त्र हवल्दार घाइते

सडक दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का सशस्त्र हवल्दार घाइते

सोमवार , आश्विन २०, २०८२

झापा । झापामा आइतबार साँझ दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का सशस्त्र प्रहरी हवल्दार घाइते भएका छन्।

मोरङको केराबारी गाउँपालिका–२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे बेलबारी–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एम्बुलेन्स ९मे १ च १९७८० ले विपरीत दिशाबाट आउँदै गरेको लिम्बूले चलाएको मोटरसाइकल ९प्रदेश १–०२–०४७ प ६९२२० लाई ठक्कर दिएको थियो।

गम्भीर घाइते लिम्बूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

ठक्कर दिने एम्बुलेन्स चालक, दमक नगरपालिका–९ का ४१ वर्षीय विष्णु प्रसाईँलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

त्यस्तै, झापाकै मेचीनगरमा भएको अर्को दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार अकबर मियाँ घाइते भएका छन्। सर्लाहीको बलरा–६ घर भई सशस्त्र प्रहरी बलको बीओपी सतिघट्टामा कार्यरत मियाँ आइतबार दिउँसो साढे ४ बजे मेचीनगर–७ सतिघट्टा पिपलबोटस्थित भित्री सडकमा दुर्घटनामा परेका हुन्।

एएए ६१२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म्याजिक भ्यान ९प्र १–०१–००१ ज ३६८०० एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।

टाउकोमा चोट लागेका मियाँलाई तत्काल उद्धार गरी ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा उपचारका लागि पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077