Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनसुनजन्य विपद्‍मा परी कम्तीमा ५५ जनाको मृत्यु

मनसुनजन्य विपद्‍मा परी कम्तीमा ५५ जनाको मृत्यु

सोमवार , आश्विन २०, २०८२

काठमाडौँ । पछिल्लो मनसुनजन्य विपद्‌मा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार पहिरोमा परेर सबैभन्दा बढी मृत्यु इलाममा भएको छ ।

इलाममा पहिरोमा परेर दुई दिनमा ३८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।

बाढीपहिरोमा परी रौतहट र उदयपुरमा ३-३, पाँचथर, काभ्रे र खोटाङमा २–२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुपाल्चोक, मोरङ, सुनसरी, महोत्तरी र सिन्धुली १-१ जनाको मृत्यु भएको छ । पाँचथरमा शनिबार भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनासमेत गरी ६१ जनाको मृत्यु भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077